अन्धकारमै बित्ने भो जीवन!


फेरी लोडशेडिङ बढ्यो! यो पाली त झन बर्षामै│ यस्तै चालाले हिउँदमा के होला, अनुमान लगाउन मुश्किल छैन│ शायद यो पाली लोडशेडिंगले बिगतका सबै कीर्तिमान तोड्दै नयाँ रेकर्ड हान्नेछ│

प्राधिकरणको जय होस् !

लोडशेडिङ-धेरै देशमा त प्रचलनमै छैन होला यो शब्द│ कहीँ-कहीं (जस्तै- इन्डियामा) चाहीं ‘power cut’ भन्दा रैछन│ छोटो अवधिको लागि मात्र भएर त्यसो भनेका हुन कि बा│ इन्डिया बस्दा १ घन्टा power cut हुन्थ्यो- समरमा लगभग दूई महिना│ त्यो पनि दिउँसो मात्र│ तर कम्ता कष्टकर थिएन है त्यो पनि- हैदराबादको गर्मीमा│ अब हाम्रो देशको power cut को त के कुरा भो र? हाम्रो लोडशेडिंगको महिमा अपार छ│ एक घन्टा लोडशेडिङ त हुदैं हुदैन, भयो भने छमछमी नाचे पनि फरक पर्दैन│ लाइन एक छिन ढिला जावोस या छिटो आवोस-हामी तेसै दङ्ग पर्छौँ│ १८ घन्टासम्मको लोडशेडिङमा अभ्यस्त भैसक्यौ हामी│ गत बर्ष लामो समयपछि तेत्रो घन्टा लोडशेडिङ बेहोर्दा मेरो मनमा पुरै हिउँदभरि एउटै वाक्य नाचिरह्यो-अन्धकारमै बित्ने भो जीवन!

अक्सर नेताहरु कुर्लेको सुन्छु- जनघाती भट्टराई सरकारले राजीनामा दिए निकास निस्किन्छ रे│ सबै मिडियाहरु तिनै बकम्फुसे नेताहरुका बकम्फुसे कुराहरु पस्किरहेका छन्│ देशको समस्या-राजनीतिक गतिरोध रे│ बिगत ६-७ बर्षमा यस्ता राजनीतिक गतिरोध कति आए कति गए! न राजनीतक गतिरोधले फरक परेको छ आम मानिसलाई, न राजनीतक गतिरोध अन्त्य हुनुले│ जनतालाई बाल छैन यिनीहरुको कुरामा│ तैपनि सत्ताको सिंढी चड्न त्यही डम्फु बजाईरहेका छन्│ मलाई त लाग्छ-यो देशको मुख्य मुद्दा राजनितिक हुदै होइन│ कुर्सी कसले पाउने भन्ने कुरा छिनोफानो हुदैमा निकास निस्कनेवाला छैन│ नत्र त ००७ सालदेखि आजसम्म कत्तिपतक आन्दोलन भए, निकास निस्किए │र पनि देश अगाडी बढ्न सकेन│ किन त? किनकि-हाम्रा मूल समस्याहरु समाधान नहुँदा समस्याहरु पुन: बल्झिए│

हाम्रो समस्या त लोडशेडिङ हो, महंगी हो│ कसले भानिदेवोस यिनीहरुलाई यो सब? भ्रस्टाचार, कुशाशन, मनपरीतन्त्र हो हाम्रो समस्या│ के यिनीहरुले यो बुझेका छैनन्? रातारात देश युरोप बन्ने त सपना त शायदै कसैले देखेको होला│ यी समस्याहरु मात्र समाधन भए जनतालाई धेरै राहत हुन्थ्यो│ ओहोदामा बस्ने मान्छे इमान्दार मात्र भैदिए आशाको त्यान्द्रो सम्म रहन्थ्यो│ हुन त हामी पनि के कम छौं र? हाम्रो आफ्नो मान्छे ठाउँमा छ भने हामी पनि उसलाई भ्रस्ट बन्न प्रेरित गरिरहेका हुन्छौं│ जुन सदाचारको पाठ हामी अरुलाई पढाइरहेका हुन्छौं, त्यो हामीमा चाहीं लागु हुदैंन│ त्यसैले हामी सबैले आफुलाई पनि सुधार्नु जरुरी छ│ हामी सबैले हाम्रो मानसिकता परीवर्तन नगरेसम्म यसरी नै बित्ने छ हाम्रो जीवन- अन्धकारमा │

(सरी ! कता पुग्यो कता मेरो लेख त │)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 3,202 other followers

%d bloggers like this: