Happy New Year 2069!


धेरै वर्ष अघि I यही समयमा I बनभरी लाली गुराँस फुल्थ्यो I आज पनि फुल्छ सायद I तर धेरै भैसक्यो नदेखेको I स्कूल छुटेपछी प्राय शुक्रबार हामी बन-बन डुली हिडथ्यौं I कहिले काफल खान त कहिले लाली गुराँस टिप्न I त्यी सम्झनाहरु आज पनि ताजै छन् –बिशेसगरि लाली गुराँस टिप्दाताकाको I नयाँ वर्ष लाग्ने बेला मलाई त्यो समय याद आउँछ र सोच्छु- ओहो! यो त गुराँस फुल्ने बेला हो I दिनभरी डुलेर कसले धेरै गुराँस टिप्ने भन्ने होडबाजी हुन्थ्यो I बनको बिचमा बनदेवी को थान थियो I त्यहाँ गुराँस चडाउने गर्थ्यौँ I भोक लाग्दा गुराँस खान्थ्यौ पनि I घाँटिमा केहि अड्किदा गुराँसले औषधिको काम गर्छ भन्ने विश्वास थियो I अनि हातभरी गुराँस बोकेर घर लाग्थ्यौं I आज पनि बनमा गुराँस फुलेको होला I हाम्रो मनमा चाहीं त्यो मनमोहक फूल फुलेको छ कि छैन ?
नयाँवर्ष खासै मनाएको याद छैन I एक साल नयाँ वर्षको दिन घुम्न गएको चाहीं संधै याद आइरहन्छ I हाम्रो गाउँ बाट नजिकै छ नगरकोट – हिड्ने दुरीमा I अब घुम्ने योजनाले हिडेको पनि होइन, नगरकोट जान योजना बनाउनु जरुरि पनि थिएन I कसैसंग सुको पैसा पनि थिएन I हिड्दा हिड्दै धेरै हिंडियो I अनि भोक लाग्न थाल्यो I घर फर्किन पनि टाइम लाग्ने I भोक चर्को हुदै थियो I एउटै उपाय थियो – टुरिस्ट फकाउने I त्यो पनि सकिएन I भाइहरुले चाहीं अर्कै जुक्ति निकाले I नयाँ वर्षको दिन धेरै मान्छे पिकनिक आएका थिए नगरकोटमा I अब तिनीहरुले ल्याएको खाने कुरा चोर्ने भैयो I मैले नाइँ भनिन तर म अलि डरछेरुवा खालको मान्छे थिए I भाग्नलाई ठिक्क परेर बसें I मोटरमा राखेको खाने कुरा भाईहरुले चोरेर ल्याएपछी कुलेलाम ठोकियो I हामी (अझ म भनुँ) यती बेस्सरी भाग्यौं- सम्झिदा पनि रमाइलो लाग्छ I खाने कुरा भुजिया रहेछ I त्यति मिठो खाने कुरा ‘लाईफमा’ फेरी कहिले खाइएन, या भनुँ खाको जस्तो लाग्दैन I
नयाँवर्ष आउँदा एक किसिमको जोश हुन्थ्यो ममा I हुन त म स्कूलमा राम्रो बिद्यार्थीनै थिएँ तर आफै देखि अफ्नो पढाइ देखि चित्त बुझिराखेको थिएन I प्रत्येक नयाँ वर्ष म ‘नोट’ बनाएर राम्रो संग पढ्छु भन्ने प्रण गर्थे I ‘सेडुल’ बनाएर पढ्छु भन्ने अठोट गर्थें I तर मेरो योजनाले संधै हावा खान्थ्यो I ‘नोट’ बनाउन सुरु त गर्थे तर समय अभाब भएपछी तेस्मानै लेखिन्थ्यो क्लासमा पनि I अनि नोट ‘रफ’ बन्थ्यो I प्रत्येक वर्ष यसरी नै चल्दै गयो I नोट बनाएर पढ्न सकिएन I स्कूल पछी त झन के भयो के I एउटै कापीमा चल्न थाल्यो सब बिषय I आज दस वर्ष बितिसकेछ स्कूल छोडेको पनि I आज बुझ्दै छु जीवन ‘नोट’ नै त नहुदो रैछ I जीवनलाई सकेसम्म ‘नोट’ बनाउन कोसिस त गर्ने हो तर adjust त ‘रफ’ मा नै गर्नु पर्ने रैछ I
साथिहरु सबैको जीवनमा लाली गुराँस फुलोस, रमाइलो सम्झनाहरु संगालेर बाँच्नुहोस् , र जीवन संधै ‘नोट’ जस्तै बनाउने तिर प्रेरित होस् I शुभकामना I Happy new year 2069 !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 3,202 other followers

%d bloggers like this: