यस्तो थियो पासपोर्ट लिने ठाउँ


दशैं लगत्तै पासपोर्ट लिने चटारो थियो आफुलाई│अब लिन त लिने, कहाँबाट लिने, कसरी लिने ? कति दिन लाग्ने हो ? साथिभाइलाई सोधी खोजी गर्दै जिल्ला सदरमुकाम पुगे- धुलिखेल│डीएओ मा फारम मागेको त बाहिरबाटै कम्प्युटरमा भरेर ल्याए राम्रो हुन्छ भने│ल त ल भन्दै यसो बाहिर निस्केको, दलालहरुले तानातान गर्न थाली हाले नि│एउटा को पछी लागेर गैयो│फोटो को डेढ सय, फारम भरेको भन्दै डेढ सय रुपयाँ चुना लाइहाल्यो नि│भर्खर एम.एस्सी गरेको मान्छे, फारम भर्न डेढ सय तिर्नु पर्दा चाहीं सारै चुकचुक लाग्यो│डीएओमा काम चाहीं सजिलै भयो│

पररास्ट्रमा ४ बजे पुगेको थिएँ│हुन त अफिस टाइम ५ बजे सम्म हो , तर के गर्नु ‘हाकिम साभ’ हरुलाई अझै सम्म दशैं लागेको रैछ│उहाँहरुको कृपाले फेरी अर्को दिन आउनु पर्ने भो, पुर्निमा पछी │एक दिन कुरेर गएँ │ढिला भएछ│टोकन सकिएछ│टोकन दिने मान्छे खाना खान गाको भने कसैले│कसैले आज अब टोकन दिदैन भने│एकछिन टेन्सन भो- अलमल्ल परें│अलिक बढी सोधपुछ गर्न थालेको- एकजना पुलिस दाईले त भनिहाले- धेरै भांडभैलो गर्नु भो भने त यहाँ परिचालित डेढ सय प्रहरीले खोरमा जाक्छन रे│अब म थोडी भांडभैलो गर्न गको थिएं र?

अब टोकनवालाहरुको पालो सकिएपछि नहुनेहरुको पालो आउने भो│ फारम चाहीं दिनभर बुझाउन मिल्ने, टोकन चाहीं १० बजे सम्म मात्र दिने, यसको ‘logic’ चाहीं बुझिएन बा│ अनि एक दुइ ओटा फोटो खिच्दै बसें- टाइम पास गर्न│मेच को हालत त बेहाल थियो │धेरै जसो टुटेको, भाँचीएको │तेस्तो हुँदा सम्म डेढ सय पुलिस के हेरेर बसेछन कुन्नि? टोकन visible हुने electronic device हरुले त काम गर्न छोडी सक्या रछन│पासपोर्टको लागि आवेदन दिनेहरुलाई दुइ समुहमा बाँडीएको थियो- ५००० वाला र १०,००० वाला│ मैले याद गरेको अर्को कुरा – पासपोर्टको आवेदन दिनेहरुमा पुरुषहरु नै धेरै थिए│General पासपोर्ट लिने हाम्रो समूहमा त दुइजना मात्र महिला थिए│अझ अचम्मको कुरा, urgent पासपोर्ट लिनेहरुको भिड ज्यादा थियो│सबैलाई कस्तो हतार विदेश जान?

KCNVIBES

KCNVIBESKCNVIBESKCNVIBES

तीन घण्टा कुरे पछी बल्लतल्ल टोकन नहुनेको पालो आयो │ टोकन नहुनेहरुलाई कसरी मिलाएर पठौलान भन्ने थियो│सबै ठेलमठेल गर्दै लाइन बसे│एक जना पुलिसनी दिदीले त उत्पातै गरिन नि│सिधै, मनोजजीको मान्छे को हो भनेर सोधिन│ ‘मनोजजीको मान्छे’ निस्के पछी सिधै पुरयाई दिइन काउन्टरमा│उसले राम्रो संग फारम भरेको थिएन, फोटो पनि टाँसेको थिएन│सबै काम गरिदिइन│ ‘आफ्नो मान्छे’ भए पछी ‘तेस्तो’ सजिलो हुने रैछ │म भन्दा अगाडी बस्ने दुइजना दाइको फारम ‘reject’ भो │काउन्टरका मान्छेले बाहिर बाट फेरी भरेर ल्याउनु भने तर मैले म भरीदिउँला भनेर पर्खाएं │अनि मेरो पालो आयो│फारम, पैसा दुवै बुझाएँ │तै मेरो फारममा केहि गल्ति भेटिएन │अब अघिको दाइहरुको फारम हेरेको त सबै ठिक ठाक छ बा │के गल्ति छ भनेर सोधेको त – फारम सानो भो रे│उहाँहरुको फारम ‘A4 size’ भन्दा चाहीं सानो थियो है │ ‘font’ सानो भाको हो कि भनेर सोधेको त त्यो पनि होइन भन्छ बा│जिल्ला बाट सिफारिस भएर आइसकेको फारमको ठाउमा अर्को फारम भर्नु पर्ने रे │अनि के सिफारिस लिन फेरी जिल्ला जाने त ? मैले कुरा बुझेको भए मार्दिनु│ उहाँहरुलाई बाहिर सोधपुछमा कुरा बुझ्न लगाएँ│अन्तमा जिल्ला सोधेको त मलाई ‘tension’ भो │म त्यहाँबाट छिटो छिटो हिडें│उहाँहरुको जिल्ला रैछ – ताप्लेजुंग│

(नोट: तपाईंले पासपोर्टको फारम भर्न कसैलाई डेढ सय चडाइराख्नु जरुरि छैन│फारम यो साइटबाट ‘निसुल्क डाउनलोड’ गर्न मिल्छ  http://www.cpo.gov.np/application-form/index.php  │साथै राहदानी फारम भर्ने तरिका सम्बन्धी बिस्तृत जानकारी यहाँ उपलब्ध छ http://www.cpo.gov.np/mrp/page4.php │)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 3,202 other followers

%d bloggers like this: